
काठमाडौं । पत्रकार ऋषि धमलामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
आइतबार धमलाले सामाजिक सञ्जालले आफूमा कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनमा कन्ट्रयाक ट्रेसिङका आधारमा परीक्षणमा कोभिड रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।
धमलाले फेसबुकमा भनेका छन्, ‘कन्ट्याक्ट ट्रेसिङको आधारमा आज गराएको ९कोभिड–१९० स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यो बीचमा मसँग प्रत्यक्ष सम्पर्कमा रहनुहुने सबैले आवश्यक स्वास्थ्य सतर्कता अपनाउनुहोला ।’