काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व नयाँ पुस्तालाई सुम्पनपर्ने बताएका छन्।

शनिवार राति एपिवान टेलिभिजनसँगको नयाँ पुस्तालाई जिम्मेवारी सुम्पनुपर्ने बताएका हुन।

प्रधानमन्त्री ओलीले भने, ‘३२-३३ वर्ष अध्यक्ष भइसकेका साथीभाइहरुको फेरि पनि रहर फर्किएको, धित नमरेको, प्रधानमन्त्री भएका व्यक्तिलाई फेरि त्यही चाहिएको देख्दा अचम्म लाग्छ। अब नयाँ पुस्ताका लागि जिम्मा लगाउन हामी किन तयार छैनौँ। हामी आफैँ मैलाइ चाहियो, भाग पुगेन, मान पुगेन किन गछौँ। एउटा सहमति गरेर नयाँ पुस्तालाई दिऔँ। हामी ७० को आसपासको हाराहारीमा रहेकाले नै सधैँ ओगट्नु पर्दैन।’

आफू प्रधानमन्त्री र पार्टीको प्रथम अध्यक्ष भएकाले गुटबन्दी आवश्यक नभएको पनि बताए। हालै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको धुम्बाराही बैठकलाई ओली अनुचितको संज्ञा दिए। उनले गुटको भेला गलत भएको बताउँदै गुटको प्रस्ताव बैठकमा ल्याइनु पनि गलत भएको बताए।

अन्तिम पटक अध्यावधिक गरिएको 28 Viewed

प्रतिक्रिया दिनुहोस्