च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले एथ्लेटिको मड्रिडमाथि सहज जीत हात पारेको छ । 

साविक विजेता बायर्नले च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित निकाल्ने क्रममा एथ्लेटिको मड्रिडलाई ४–० ले हराएको हो ।

बायर्नको जीतमा किंग्सले कोम्यानले अलराउण्डर प्रर्दशन गर्दै दुई गोल गरे । उनले गत अगष्टमा लिस्वोनमा भएको फाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध विजयी गोल गरेका थिए ।

मिडफिल्डर लियोन गोत्र्जका र कोरेन्टिन टोलीसोले बार्यनका लागि एक एक गोल थपे ।

यो सिजन बायर्नलाई उपाधि रक्षा गर्न सक्ने टोलीको रुपमा हेरिएको छ । रियल मड्रिड र एसी मिलानले मात्र च्याम्पियन्स लिगमा उपाधि रक्षा गरेका छन् ।

समूह एको अर्को खेलमा आरबी साल्जबर्ग र लोकोमोटिभ मस्कोले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

समूहको पहिलो खेलमा जीत निकाल्दै साविक विजेता बायर्नले ३ अंक जोडेको छ । 

अन्तिम पटक अध्यावधिक गरिएको 237 Viewed

प्रतिक्रिया दिनुहोस्